PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

एमसीसीको व्याख्यात्मक घोषणालाई नजिकबाट नियालिरहेको चीनको टिप्पणी, 'साझेदारीमा राजनीति मिसिन हुन्न'



पहिलोपोस्ट

एमसीसीको व्याख्यात्मक घोषणालाई नजिकबाट नियालिरहेको चीनको टिप्पणी, 'साझेदारीमा राजनीति मिसिन हुन्न'

काठमाडौँः चीनले प्रतिनिधि सभाबाट पारित भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौताको व्याख्यात्मक टिप्पणीलाई नजिकबाट नियालिरहेको जनाएको छ। विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले नेपालको निर्णय र व्याख्यात्मक घोषणालाई नजिकबाट नियालिरहेको बताएका हुन्।

उनले चीनले पटकपटक अन्तर्राष्ट्रिय विकास साझेदारी आपसी सम्मानको सिद्धान्त र देशको सार्वभौमिकताका आधारमा हुनुपर्ने बताइरहेको भन्दै त्यस्तो सहयोग सम्बन्धित देशका जनताको चाहना बमोजिम हुनुपर्ने कताए।

प्रवक्ता वाङले कुनै पनि देशले अर्को देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने र साझेदारीमा राजनीति मिसिन नहुने बताए। उनले दबाबपूर्ण कूटनीतिको कुरा निकाल्दै सहयोग सम्बन्धित देशको सार्वभौमिकता र स्वार्थमा हुनुपर्ने बताए।

चीनले यसअघि अमेरिकाले नेपालमा एमसीसी पास गर्न दबाबपूर्ण कूटनीति प्रयोग गरेको भन्दै विरोध गरेको थियो। साथै उसले अनुदान र उपहार शर्त र अल्टिमेटमसहित आएको भन्दै कस्तो उपहार हो भन्दै प्रश्न गरेको थियोे।

नेपालको नजिकको छिमेकी विकास साझेदार भएको नाताले चीनले सधैं नेपाल र नेपालीको विकासमा सहयोग गर्ने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell