PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

शिवरात्रिको पूर्वसन्ध्यामा पशुपति परिसरको रौनक

शिवरात्रिको पूर्वसन्ध्यामा पशुपति परिसरको रौनक

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : कोरोना महामारीको त्रास कम भएसँगै यसपटक पशुपतिनाथ परिसरमा शिवरात्रि मनाउन साधुसन्त, जोगी र महन्थ जम्मा हुन थालेका छन्। 

कोरोनाका कारण अघिल्ला वर्षहरुमा झन्डै सुनसान बनेको पाशुपत क्षेत्रको रौनक फर्किएको छ।

तीर्थालुको भिड र सानासाना व्यापार गर्नेहरुको कारोबार पनि बढ्दो देखिन्छ। जोगी, सन्यासीहरु अघिल्ला वर्षभन्दा बढ्न थालेका छन्। कोरोना भुल्दै जाँदा यस क्षेत्रमा चमक बढ्दो छ।

हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि मङ्गलबार आराध्यदेव पशुपतिनाथसहित देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ। शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ। कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ। 

शिवरात्रिको पूर्वसन्ध्यामा पशुपति परिसरमा यस्तो रौनक देखियो-



ट्रेन्डिङ पोस्ट

Ncell