PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

कर्मचारी युनियनको अध्यक्षमा पोखरेलको उम्मेदवारी घोषणा, वरिष्ठ उपाध्यक्षमा कट्‌वाल र महासचिवमा फुँयाल



पहिलोपोस्ट

कर्मचारी युनियनको अध्यक्षमा पोखरेलको उम्मेदवारी घोषणा, वरिष्ठ उपाध्यक्षमा कट्‌वाल र महासचिवमा फुँयाल

काठमाडौं : नेपाल निजामती कर्मचारी युनियनको आठौं अधिवेशनमा वर्तमान अध्यक्ष गोपाल पोखरेलले पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्।

अध्यक्ष पदका अन्य आकांक्षीले पूरा कार्यकाल नबित्दै अवकाश पाउने भएपछि मतदाताको दबाबमा उम्मेदवारी दिन लागेको पोखरेलको भनाइ छ। अध्यक्ष पोखरेलको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु र महासचिव र केही पदाधिकारीको टिमसमेत घोषणा भएको छ।

पोखरेल नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा उत्तम कट्‌वाल, महासचिवमा दुर्गा फुँयाल, उपाध्यक्षमा यज्ञ वली उम्मेदवार बन्ने तय भएको छ। त्यसैगरी, प्रदेश उपाध्यक्षहरुमा प्रदेश १ बाट मानबहादुर वन, मधेस प्रदेशबाट राजकिशोर राउत, वाग्मतीबाट दीपकराज मिश्र, गण्डकीबाट दीपक रेग्मी, लुम्बिनीबाट मदन गौतम, कर्णालीबाट चन्द्रबहादुर खड्का र सुदूरपश्चिमबाट चेतराज जोशीले उम्मेदवारी दिने तय भएको छ।

यस्तै, पोखरेल समूहमा सचिव पदमा जगतबहादुर पाठक, कुलप्रसाद भट्टराई, भविन्द्र पोखरेल, दिनेश पोखरेल, कृष्ण सैजुवाल, हरि क्षेत्री लगायतका आकांक्षी देखिएका छन्। सचिव पदको टुंगो लागेपछि सिंगै समूहको उम्मेदवारी घोषणा गर्ने पोखरेल समूहको भनाइ छ।

नेपाल निजामती कर्मचारी युनियनको नयाँ नेतृत्व चयनका लागि फागुन २१ देखि २३ सम्म महाधिवेशन हुँदै छ। कोरोना संक्रमणका कारण गत माघ ८–१० का लागि तय भएको महाधिवेशन स्थगित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell