PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

कोरोना बिर्सिएर पशुपतिमा महाशिवरात्रि माहोल, १० लाख भक्तजन भित्रने कोषको अनुमान



प्रवीण रानाभाट

कोरोना बिर्सिएर पशुपतिमा महाशिवरात्रि माहोल, १० लाख भक्तजन भित्रने कोषको अनुमान

काठमाडौं : महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान सबेरैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। कोरोना महामारीले दुई वर्ष रोकिएको महाशिवरात्रि मेलामा यसपालि भीड निकै बढेको हो। कोरोनाको पीडा बिर्सिएर भक्तजनहरु शिवरात्रि माहोलमा रमाएका छन्।

महादेवको दर्शन गर्न र शिवरात्रि मेला भर्न देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीहरु पशुपतिनाथ आइपुगेका छन्।

भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताए। बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएका छन्। यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको कोषको भनाइ छ।

पशुपतिमा दर्शनका लागि पाँचवटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। 

दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरीपारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell