PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

मकवानपुर कांग्रेस अधिवेशन :  दोस्रो चरणमा संस्थापन पक्षकै लडाई, को बन्ला सभापति?



निशा गुरुङ

मकवानपुर कांग्रेस अधिवेशन :  दोस्रो चरणमा संस्थापन पक्षकै लडाई, को बन्ला सभापति?

हेटौंडा : नेपाली कांग्रेस मकवानपुरमा सभापतिका लागि भएको पहिलो चरणको निर्वाचनमा संस्थापनइतरका जयराम लामिछाने झिनो मतले बाहिरिएका छन्। लामिछाने बाहिरिएसँगै जिल्ला सभापति पदमा संस्थापन पक्षकै बुद्ध लामा र आनन्दराम पराजुलीबिच सभापति पदका लागि निर्वाचन हुने भएको छ।

सोमवार भएको मतदानमा लामाले ५९२, पराजुलीले ५४२ र लामिछानेले ५३१ मत पाए।

जिल्ला सभापतिका लागि अब बुद्ध र आनन्दरामबीच दोस्रो चरणको निर्वाचन हुनेछ। यद्यपि दुई उम्मेद्वारबिच सहमतिमै जाने कि भन्ने विषयमा छलफल जारी छ।

पहिलोचरणको निर्वाचनअघि केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीना र वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलगायत शीर्ष नेतासमेतको उपस्थितिमा बसेको बैठकमा बुद्ध र आनन्दराम दुवैजना पहिलो चरणको निर्वाचनको परिणामअनुसार दोस्रो चरणमा एकअर्कालाई सहयोग गर्न सहमत भएको बताइएको थियो।

चुनावअघि आनन्दराम र बुद्ध दुबैले पहिलो निर्वाचनमा आएको परिणामको आधारमा जसको बढी मत आउँछ उसैलाई सहयोग गर्ने सम्झौतासहित प्रतिवद्धता जनाएको कांग्रेस एक नेताले बताए। 'दुवैजना संस्थापन पक्षको उम्मेदवार भएकोले पहिलो निर्वाचनको परिणाम अनुसार दोस्रोमा एकअर्कालाई समर्थन गर्ने सहमति भएको हो,' ती नेताले दाबी गरे।

सम्झौताअनुसार बुद्धले सबैभन्दा बढी भोट ल्याएको कारण आनन्दरामले उनलाई सभापति स्वीकार्नुपर्ने भन्दै नेताहरु लबिङमा लागेका छन्। तर, आनन्दरामले चुनावी प्रतिस्पर्धा गर्ने वा बुद्धलाई सभापति स्वीकार्ने भन्ने विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell