PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

शिवरात्रिको रौनक : कोभिड १९ ले दुई वर्ष रोकिएको पर्वमा यसपाला जे देखियो

शिवरात्रिको रौनक : कोभिड १९ ले दुई वर्ष रोकिएको पर्वमा यसपाला जे देखियो

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : दुई वर्ष लगातार कोभिड १९ को त्रासले पशुपतिमा शिवरात्रि खल्लो रह्यो। मन्दिरमा ताला झुन्ड्याइयो। बाहिरको निरश वातावरण। यसपाला भने शिवरात्रिको बहार फर्किएको छ। मानिसहरु बिहानैदेखि पशुपतिनाथ सहित मुलुकका प्रमुख शिवालयहरुमा दर्शनका लागि पुगेका थिए।

१० लाख दर्शनार्थीको अपेक्षा गरिएको छ यसपाला पशुपतिमा। त्यसैअनुसार व्यवस्थापन गरिएको छ। कोरोना महामारीले दुई वर्ष रोकिएको महाशिवरात्रि मेला यसपाला झकिझकाउ बत्ती सहित रंगिएको छ। लोभलाग्दो छ माहोल यसपाला।

नेपालीका साथै पर्याप्त भारतीय धर्मावलम्बीहरु पशुपतिमा देखिन्छन्।

भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताए। बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएका छन्। यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको कोषको भनाइ छ।

पशुपतिमा दर्शनका लागि पाँचवटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। 

दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरीपारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell