PahiloPost

Sep 1, 2026 | १६ भदौ २०८३

महाशिवरात्रीमा सेनाको कवाज, टुँडिखेलमा यस्तो देखियो सेना दिवसको रौनक

महाशिवरात्रीमा सेनाको कवाज, टुँडिखेलमा यस्तो देखियो सेना दिवसको रौनक

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आज महाशिवरात्री। नेपाली सेनाले आजको दिनलाई ‘सेना दिवस’का रुपमा मनाउँदै आइरहेको छ। नेपाली सेनाले मंगलवार देशरभर विविध कार्यक्रम गरी सेना दिवस मनाइरहेको छ।

शिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्‍यो। राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख अतिथ्यमा कार्यक्रम भएको हो।

सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायतविविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। यस्तै, यस पटक बेलायती सेनाको गोर्खा बिग्रेडबाटसमेत ब्याण्ड डिस्प्लेसहित गीत संगीतको धुन प्रस्तुत गरिएको थियो।

 



ट्रेन्डिङ पोस्ट

Ncell