PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

मतपत्रका छाप्न साढे ११ करोडको कागज किन्दै निर्वाचन आयोग



पहिलोपोस्ट

मतपत्रका छाप्न साढे ११ करोडको कागज किन्दै निर्वाचन आयोग

काठमाडौं : निर्वाचन आयोगले मतपत्र छपाईका लागि करिब साढे ११ करोड रुपैयाँ बराबरको कागज खरिद गर्ने भएको छ। 

२०७९ बैशाख ३० गतेका लागि निर्धारित स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्र छपाईका लागि आयोगले बोलपत्र आह्वान गरेको थियो। सोही अनुसार आयोगले कागज खरिद सम्झौता सम्पन्न गरेको आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। 

आयोगले 'ग्यावियोनेट इन्भाइरोमेन्ट सलुसन प्रालि'सँग  ११ करोड ४० लाख ६२ हजार २०० रुपैयाँमा कागज खरिद गर्ने सम्झौता गरेको हो। 

यसैबिच आयोगले निर्वाचनमा खटिने एक लाख १० हजार ७१३ जनाको २० हजार रुपैयाँ बराबरको बीमा गर्ने भएको छ। सोही अनुसार प्रस्ताव आह्वान आयोगले गरेको छ। जसमध्ये आयोगका पदाधिकारी, सचिवालयमा कार्यरत कर्मचारीहरु, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयका कर्मचारीहरु (काज, स्थायी र करारसमेत) गरी ९०० जनाको १०४ दिनको बीमा हुनेछ।

त्यस्तै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा खटिने ६ हजार ७७७ कर्मचारीहरुको ७० दिनको बीमा गरिने छ। त्यस्तै मतदान केन्द्रमा खटिने ९४ हजार जनाको १५ दिन र मतगणना कार्यमा खटिने ९ हजार ३६ कर्मचारीहरुको १० दिनको बीमा गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell