PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

'आदीपुरुष' सन् २०२३ मा रिलिज हुने



पहिलोपोस्ट

'आदीपुरुष' सन् २०२३ मा रिलिज हुने

प्रभास अभिनित बलिउड फिल्म 'आदीपुरुष' को नयाँ प्रदर्शन मिति सार्वजनिक भएको छ। यो फिल्म सन् २०२३ को आगामी १२ जनवरीमा रिलिज हुने पक्का भएको हो।

अभिनेता प्रभासले फिल्मको नयाँ मितिबारे इन्स्टाग्राममार्फत जानकारी दिएका हुन्। यसअघि यो फिल्म ११ अगष्ट २०२२ मा रिलिज हुने भनिएको थियो। तर तोकिएको मिति स्थगित गरेर फिल्मको नयाँ रिलिज डेट तोकिएको हो।  यो फिल्म विश्वभरिका थ्री डीमा एकसाथ रिलिज हुनेछ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Prabhas (@actorprabhas)

रामायणमा आधारित 'आदीपुरुष' ५०० करोड लगानीमा निर्माण भएको हो। टी-सीरीज र रेट्रोफाइल्स प्रोडक्सनले बनाएको यो फिल्म थ्रिडी प्रविधिमा निर्माण भएको हो। साथै, यस फिल्मलाई बलिउडकै धेरै भीएफएक्स भएको फिल्मको रुपमा दाबी गरिएको छ।

ओम राउत निर्देशित फिल्ममा प्रभासका साथै सैफ अली खान र कृति सेनन मुख्य भुमिकामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell