PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य



पहिलोपोस्ट

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं : नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको छ।

एक विज्ञप्ति जारी गर्दै निगमले भारतीय आयल निगमबाट पेट्रोलमा ३ रुपैयाँ ८९ पैसा, डिजेलमा ३ रुपैयाँ ८ पैसा र मट्टितेलले १० रुपैयाँ ३० पैसा, हवाई इन्धनमा ३ रुपैयाँ ३२ पैसा र एल पि ग्यासमा प्रति सिलिण्डर ९९ रुपैयाँ १७ पैसा बढेर आएको जनाएको हो। मूल्यवृद्धिसँगै निगमले आगामी १५ दिनमा करिब ३ अर्ब ९ करोड घाटा हुने स्थिति रहेको अनुमान गरेको छ।

रसिया र युक्रेनबिचको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य थप वृद्धि भइ उच्चतम विन्दुमा पुगेको निगमले जनाएको छ। कच्चा तेलको अमेरिकी डलर ९५ देखि १०५  प्रति ब्यारेल पुगेका कारण भारतबाट इन्धनको मूल्य बढेको निगमले उल्लेख गरेको छ।

निगमले चालु आर्थिक वर्षमा २८ अर्ब नोक्सानी ब्यहोरी सकेको समेत जनाएको छ।

यसअघि मूल्यवृद्धि गर्नुअघि पनि निगमले सूचना जारी गर्दै आफूहरु घाटामा रहेको जनाएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell