
काठमाडौं : पछिल्लो २४ घण्टामा ६ हजार ५०४ जनाको कोरोना भाइरस परीक्षण गर्दा १५८ जनामा संक्रमण देखिएको छ। यस्तै, ३५४ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या ७ हजार ९७१ पुगेको छ।
संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ। यससँगै ११ हजार ९३८ जनाको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।