PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

सोभियत युनियनले बनाएका यी बंकर जो युक्रेनी जनताले रुसी आक्रमणबाट बच्न प्रयोग गरिरहेका छन्



पहिलोपोस्ट

सोभियत युनियनले बनाएका यी बंकर जो युक्रेनी जनताले रुसी आक्रमणबाट बच्न प्रयोग गरिरहेका छन्
किएभमा सुरक्षित स्थान प्रवेश ग र्ने संकेत। फोटो : एनपीआर

रुसले लगातार रुपमा पाँच दिनदेखि युक्रेनमाथि आक्रमण गरिरहेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार युक्रेनका नागरिक बंकरमा लुकिरहेका छन्। यी तिनै बंकर हुन्, जो सोभियत युनियनको पालामा बनेका थिए।  

शीतयुद्धका क्रममा सर्वसाधरणलाई ठूलो विस्फोटबाट जोगाउन तयार पारिएका यस्ता बंकर अहिले रुसी महासंघको आक्रमणबाट बच्नका लागि युक्रेनीहरुले प्रयोग गरिरहेका छन्। 

सोभियत युनियन विघटनपछि बनेका यी बंकर रुसी सेना सीमा क्षेत्रमा तैनाथ हुँदै गर्दा सफा गर्न थालिएका थिए। 

आणविक विस्फोटबाट जोगाउनका लागि बनेका यी बंकर दशकौँपछि सयौँ युक्रेनी जनताको बास्थानमा परिणत भएको बीबीसीले जनाएको छ। 

युक्रेनको राजधानी किभमा यस्ता बंकरहरुले त्यति बेला त्यहाँका अधिकारीहरुलाई सुरक्षित राख्नका लागि सन् १९८६ तिर तयार पारिएका थिए।शीतयुद्धको अवशेषका रुपमा रहेका यी बंकर यति बेला युक्रेनी जनताको काममा प्रयोग भएका छन्। 

शीतयुद्धमा बेलायत, अमेरिका र पश्चिमा आक्रमणबाट जोगाउनका लागि तयार पारिएका यी बंकर अहिले बेलायत अमेरिकाभन्दा पनि 'आफ्ना'को आक्रमणबाट युक्रेनी जनतालाई जोगाउनका लागि प्रयोग भएका छन्। 

सोभियत युनियन ढलेपछि युक्रेनमा रहेका बंकर कमजोर बन्दै गएका छन्। प्रयाप्त रुपमा पुन:निर्माण गरिएका थिएनन्। कमजोर बनेका यी बंकरहरुले युक्रेनीलाई कति जोगाउँछ त्यो भने प्रश्न हो। 

२०२१ को डिसेम्बर २० मा युक्रेन सरकारका अधिकारीहरुले सोभियत युनियनकालका बंकरको ताला खोल्दै पत्रकारहरुलाई भ्रमण गराएको थियो।गत नोभेम्वरमा नै रुसी सैनिक सीमा नजिक क्याम्प खडा गर्दै बस्न थालेपछि युक्रेनले सम्भावित आक्रमणको डरले बंकरहरुलाई तयार गर्न थालेको थियो। 

यस्ता बंकरहरुमा मानिस जीवित रहनका लागि आवश्यक पर्ने सबै कुराको व्यवस्था गरिएको छ। त्यहाँ पानीको प्रयाप्त सुविधा, बाथरुमदेखि भेन्टिलेटर प्रणाली पनि छन्। 

रेडियो प्री युरोप रेडियो लिवर्टीका प्रतिनिधिले भ्रमण गरेको बंकर किएभको पूर्वी क्षेत्र ड्नीप्रोभ्स्कीमा थियो। यो बंकर ३५० जना बस्न मिल्ने गरी तयार  गरिएको थियो। 

१९८० को दशकमा अमेरिका र सोभियत युनियनबीच आणविक हतियार एक अर्का देशमा लक्षित गरी प्रयोग गर्दा जनतालाई जोगाउनका लागि तयार भएका थिए। यिनै बंकरहरुलाई यतिवेला युक्रेनले खोलेको हो।  यस्ता बंकर किएभमा मात्र ५०० बढी रहेका छन्। यी बंकर म्युनिसिपल कर्मचारीहरुले प्रयोग गर्दै आएका छन्। 

त्यस्तै डिसेम्बर २० मा पत्रकारहरुलाई भ्रमण गराइएको अर्को बंकर मिसाइल आक्रमणबाट जोगाउनका लागि तयार गरिएको थियो। यसको ढोकामै सर्वसाधरणलाई कसरी जोगिने भन्ने जानकारी दिइएको छ। 
 
त्यस्तै किएभामा बमबाट जोगिनका लागि तयार गरिएका ६ हजारको हाराहारीमा 'बम सेल्टर'हरु छन्। यस्ता 'बम सेल्टर'हरु सामान्यतया बन्द रहन्छन्। तर, आपतकालको अवस्थामा १५ मिनेटभित्र सर्वसाधरणका लागि खुला गरिन्छन्। 

२०१४ मा रुसले क्रिमियालाई गाभेपछि यस्ता बंकरहरु प्रवेश गर्ने संकेत सामान्य रुपमा पहिचान गर्न थालिएका छन्। सामान्यतय पर्खालहरुमा रातो संकेतसहित दिशाबोध चिन्ह कोरिएका छन्। जसले नजिकैको बंकरको दिशा देखाउँछ। 

सोभियत संघ ढलेपछि किएभका अधिकांश सोभियतकालीन 'बम सेल्टर'हरु व्यापारिक प्रयोजनका लागि प्रयोग भइरहेका थिए। कतिपयमा सपिङ सेन्टर तथा कतिपयमा अन्डरग्राउन्ड बार रेस्टुरेन्ट चलिरहेका थिए। अहिले ती संरचनाहरुलाई पनि मानिसको सुरक्षित बासका लागि प्रयोग गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell