A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6a86dce3367e18.74128182): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6a86dce3367e18.74128182,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a86dce33dbd98.98542295): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a86dce33dbd98.98542295,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

किसानका दु:ख– 'भारतीय केराले मर्का, त्यहीँमाथि महामारी र मौसमले डुबायो'
PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

किसानका दु:ख– 'भारतीय केराले मर्का, त्यहीँमाथि महामारी र मौसमले डुबायो'



रमेश पराजुली

किसानका दु:ख– 'भारतीय केराले मर्का, त्यहीँमाथि महामारी र मौसमले डुबायो'

बुटवल : पाँच वर्षअघि उत्साहका साथ व्यावसायिक केरा खेती सुरु गरेका रुपन्देहीको सियारी गाउँपालिका–४ बोर्लहवाका रोहित पासवान अहिले निराश छन्। आम्दानी राम्रो हुने र कम जनशक्तिले समेत खेती गर्न सकिने भएकाले सियारी–४ र शुद्धोधन गाउँपालिका–७ मतवनीमा ११ बिघाभन्दा धेरै जग्गा भाडामा लिएर उनले केरा खेती गर्दै आएका छन्।

कोरोना महामारी र मौसमले भने साथ नदिँदा उनले ठूलो नोक्सानी बेहोर्नुपरेको छ। केरा खेतीबाट सुरुका तीन वर्ष राम्रो आम्दानी भए पनि लकडाउन र वर्षाका कारण मर्कामा परेको पासवानले बताए। 'दशैं र तिहारलाई लक्षित गरेर लगाइएको केरा वर्षाका कारण समयमै तयार भएन, त्यसबाट १५ लाख बढी नोक्सान भए,' उनले सुनाए।

उनका अनुसार व्यापारीले १०/१२ रुपैयाँमा एक दर्जन माग्छन्। भारतबाट आउने केरा सस्तोमा पाइन्छ त्यसैले पनि यहाँ उत्पादन भएको केराले भारतीय केरासँग प्रतिस्पर्धा गर्न सक्दैन। सरकारले किसानको समस्या बुझेर समयमै रोग नियन्त्रण र बजारको ग्यारेन्टी गरिदिनुपर्ने उनले बताए।

किसानले २०–२५ रुपैयाँमा बिक्री गरेको केरा बजारमा पुग्दा सय रुपैयाँ पुग्छ। जसका कारण उत्पादन गर्ने किसान सधैं मर्कामा पर्ने गरेका छन्। सरकारले भारतबाट आयात हुने केरालाई रोकेर नेपालका किसानलाई प्रोत्साहन गर्नुपर्ने पासवानको माग छ।

पछिल्लो समय केराका बोट नपसाउँदै सुक्न थालेपछि उनीजस्ता किसान चिन्तित छन्। केरामा खपटे घुन र गवाँरो रोगको प्रकोप देखिएको छ। रोगले केराका बोट मर्न थालेपछि पासवानले एक बिघा केरा खेती फाँडेर तरकारी खेती सुरु गरेका छन्।

‘पसाउन सुरु गरेको केराको पात सुकेर बोट मर्न थाल्छ। सुरुवातमा रोग सामान्य देखिए पनि पछिल्लो समय ठूलो क्षति पुर्‍याएको छ,’ उनले भने। अहिले पासवानको बारीमा १० हजारभन्दा बढी केराका बोट छन्।

त्यस्तै, नवलपरासीको प्रतापपुर गाउँपालिका–७ सुर्यपुराका पप्पु गुप्ता पनि केरा खेती गर्ने पुराना किसान हुन्। गुप्ताले अहिले साढे ७ बिघाभन्दा धेरै ठाउँमा केरा खेती गरेका छन्। उनले पनि भारतीय केराको आयात बन्द गरेर नेपाली किसानलाई प्रोत्साहन गर्न माग गरे।

समयमा रोगको पहिचान र औषधिको व्यवस्था, केरासम्बन्धी दक्ष प्राविधिक, आधुनिक यन्त्र, सिँचाइ, आयातित केराको भन्सार दर वृद्धि, केराको क्वारेन्टाइन जाँच, सुलभ भाडा दरमा जग्गाको उपलब्धता, अनुदानमा केराको बेर्ना र सरलरूपमा बैंकबाट ऋणको व्यवस्था हुनुपर्ने किसानहरुको माग छ।

उनले अहिले दुई जनालाई रोजगारी पनि दिएका छन्। ‘केरा उत्पादनका लागि नवलपरासी अनुकूल मानिन्छ तर, भारतीय उत्पादनले नेपाली उत्पादनलाई नियन्त्रणमा राखेको छ,' उनले भने, 'भारतीय मूल्यमा केरा बिक्री गर्दा लगानी नै नउठ्ने अवस्था छ।’ भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेपछि केराको खेती गर्ने कृषक घट्दै गएका छन् भने कतिपयले कम जग्गामा मात्र खेती गरिरहेका छन्।

केरा उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष लख्खु यादवले केरामा मुलुकलाई आत्मनिर्भर बनाउन बिमा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने बताउँछन्। हरेक वर्ष हावाहुरी र वर्षाका कारण केरा खेतीमा ठूलो क्षति हुने गरेको छ। 'बिमा भयो भने नोक्सानी बेहोर्ने किसानले केही राहत पाउँथे,' यादवले भने।

भारतीय केराका कारण नेपाली किसान सधैं मर्कामा परेको उनको भनाइ छ। भारतबाट सस्तो मूल्यमा आयात भइरहेकोले नेपालको उत्पादनले लागतअनुसारको मूल्य पनि पाउन नसकेको उनले गुनासो गरे।

‘भारतीय केराको भन्सार मूल्य सस्तो भए पनि उपभोक्तासम्म पुग्दा महँगो पर्ने गरेको छ भने अर्कोतिर नेपालमा उत्पादित केराको लागत महँगो भएकाले भारतीय केराले नै बजारमा एकाधिकार जमाइरहेको छ,’ यादवले भने।

कपिलवस्तुको वाणगंगा नगरपालिका–१ उत्तमनगरका शंकर पाण्डेले व्यावसायिक केरा खेती सुरु गरेको दुई वर्ष भयो। १० कठ्ठा जग्गा भाडामा लिएर ५ सय ५० बोटबाट खेती सुरु गरेका पाण्डे खेती विस्तार गर्ने सोचमा छन्। तर भारतीय केरासँगको प्रतिस्पर्धा उनीजस्ता किसानले वर्षौंदेखि भोगिरहेका छन्।

कतिपय किसान भने भारतीय केराको मूल्यलाई भन्सारमा समायोजन गरेर ल्याउँदा आफूहरुलाई समस्या नपर्ने बताउँछन्। प्रतिस्पर्धात्मक बजार व्यवस्थामा मूल्य सस्तो हुनु त राम्रै हो तर, स्वदेशी उत्पादनलाई संरक्षण गर्नु र उत्पादकलाई प्रोत्साहन गर्नुपनि अर्को चुनौती हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell