PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

एमसीसी पास भएसँगै प्रधानमन्त्री देउवालाई अमेरिकी विदेशमन्त्रीको फोन, युक्रेन मामिलामा छलफल



पहिलोपोस्ट

एमसीसी पास भएसँगै प्रधानमन्त्री देउवालाई अमेरिकी विदेशमन्त्रीको फोन, युक्रेन मामिलामा छलफल

काठमाडौं : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन वार्ता गरेका छन्। 

प्रतिनिधिसभाबाट अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) कम्प्याक्ट पारित गरेको दुई दिनपछि ब्लिन्केनले प्रधानमन्त्रीमा देउवालाई टेलिफोन गरी धन्यवाद तथा बधाई दिएका हुन्। 

संवादका क्रममा दुई देशबिचको कुटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वर्ष पुगेको अवसरमा दुई देशबीचको द्वीपक्षीय सम्बन्धको विषयमा छलफल भएको हो। मंगलवार भएको संवादमा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले एमसीसीलाई अगाडि बढाउने नेपालको निर्णयले विद्युत ट्रान्समिसन र सडक परियोजना मार्फत रोजगार सिर्जना हुने, पूर्वाधार तथा नेपाली जनताको जीवनस्तर सुधार हुने बताएका थिए। 

साथै उनले कोभिड-१९ पाण्डेमिकपछिको अवस्था सुधारका साथै जलवायु परिवर्तनका क्षेत्रमा मिलेर काम गर्ने बताएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। 

छलफलमा उनले युक्रेन माथि रुसको हमलाको विषयमासमेत छलफल गरेका थिए। 

वार्तामा दुई जनाले रुसी आक्रमण र युक्रेनको सार्वभौमिकता प्रति दुई देशको समर्थनको विषयमा छलफल भएको प्रधानमन्त्री देउवाले ट्वीट मार्फत जनाएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell