PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

झम्सिखेलमा फागुन २० गतेदेखि ‘अपटाउन म्यूजिक फेस्टिभल’ हुँदै



पहिलोपोस्ट

 झम्सिखेलमा फागुन २० गतेदेखि ‘अपटाउन म्यूजिक फेस्टिभल’ हुँदै

काठमाडौं : अपटाउनको प्रस्तुतिमा ‘अपटाउन म्यूजिक फेस्टिभल’ हुने भएको छ। पीभीई नेटवर्क 'एक्सक्लुसिभ पार्टनर' रहेको यो फेस्टिभल फागुन २०(मार्च ४) गते शुक्रबार देखि ललितपुरको झम्सिखेलमा सुरु हुनेछ। 

फेस्टिभलमा तीन भिन्न देशका करिब २६ कलाकारले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ। यस फेस्टिभलको शुभारम्भ गायक दीपक बज्राचार्यले गर्नेछन्। मार्च ४ देखि सुरु हुने महोत्सव मे २८ सम्म संचालन हुनेछ।

फेस्टिभलमा दीपकका साथै सबिन राई एण्ड द फरोह, नवीन के भट्टराई एण्ड अतृप्त, कालीप्रसाद बासकोटा, आर्को मुखर्जी कलेक्टिभ र रविन एण्ड द न्यू रिभोल्युसनको विशेष सांगीतिक प्रस्तुति दिनेछन्।

साथै हरी महर्जन प्रोजेक्ट, बिजेन, बलेन, द ब्रिज, द इलिमेन्ट्स, कान्ता डब डब र रचना दाहालले फेस्टिभलमा प्रस्तुती दिनेछन्। रिदिम सङ्स, एलएसडी, ट्राई टोन, द सोल नेपाल, कंक्रिट जंगल, द हाइ सिक्स एण्ड बी फ्ल्याट र अडियो स्क्वाडको पनि प्रस्तुति रहनेछ। फेस्टिभलमा दर्शकलाई प्रवेश निःशुल्क गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell