PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

सृष्टिको ‘राधा’ र अदितीको 'बाबरी' आगामी भदौमा रिलिज हुने



पहिलोपोस्ट

सृष्टिको ‘राधा’ र अदितीको 'बाबरी' आगामी भदौमा रिलिज हुने

काठमाडौं : सुवर्ण थापा निर्देशित फिल्म ‘द सिक्रेट अफ राधा’को प्रदर्शन मिति घोषणा गरिएको छ। यो फिल्म आगामी भाद्र २४ गतेबाट देशभरका सिनेमा हलमा रिलिज हुनेछ।

फिल्ममा सौगात र सृष्टिको मुख्य भूमिका रहेको छ। साथै खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुरस्कर गुरुङलगायत कलाकारको पनि अभिनय छ।  फिल्ममा दयाहाङ राई र निश्चल बस्नेत पनि विशेष भूमिकामा देखिनेछन्।

आदियोगी भिजन, मन्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा निर्माण निर्देशक थापासँग मिलेर सौगातले निर्माण गरेका हुन्।

त्यसैगरि, सुरेन्द्र पौडेलको निर्देशन रहेको फिल्म 'बाबरी' पनि भाद्र ३१ गतेबाट प्रदर्शनमा आउने पक्का भएको छ। फिल्ममा अदिती बुढाथोकीका साथै धिरज मगर र धिरज नाडकरको मुख्य भुमिका रहेको छ।

बाबरी फिल्मको प्रस्तुती र सुष्मा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्मको कथा निर्देशक पौडेलले नै लेखका हुन्। पुष्पा अधिकारी निर्माता रहेको फिल्मको सह-निर्मातामा सुष्मा गुरुङ छन्।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मको छायांकन काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका रमणीय स्थानमा छायांकन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell