PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कांग्रेस पर्साको सभापतिमा क्षेत्री र पटेलबीच प्रतिस्पर्धा, बिहीवार मतदान



पहिलोपोस्ट

कांग्रेस पर्साको सभापतिमा क्षेत्री र पटेलबीच प्रतिस्पर्धा, बिहीवार मतदान

वीरगंज : नेपाली कांग्रेस पर्साको १४ औं जिल्ला अधिवेशन अन्तर्गत पदाधिकारी छनौटका लागि भोलि निर्वाचन हुने भएको छ। नेपाली कांग्रेसको पर्सा जिल्ला सभापतिका लागि दुई जनाबीच प्रतिस्पर्धा हुँदैछ। कांग्रेस जिल्ला सभापतिका लागि तत्कालीन जिल्ला विकास समितिका पूर्वसभापति जनार्दनसिंह क्षेत्री र कांग्रेसका निवर्तमान जिल्ला सचिव श्याम पटेल आमनेसामने छन्।

जिल्ला सभापतिका लागि पटेल र क्षेत्रीको उम्मेदवारी परेको कांग्रेसका जिल्ला निर्वाचन अधिकृत नरेन्द्र केसीले जानकारी दिए। पटेललाई कांग्रेसका निवर्तमान जिल्ला सभापति अजय द्विवेदी र संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्यको समर्थन उनलाई छ। पटेल नेपाली कांग्रेस संस्थापन इतर पक्षका उम्मेदवार हुन्।

क्षेत्री संस्थापन पक्षका उम्मेदवार हुन्। उनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय रमेश रिजाल र अजय चौरसियाको समर्थन छ।

७ पदाधिकारीसहित ६८ सदस्यीय जिल्ला कार्य समितिका लागि क्षेत्री र पटेल दुवै पक्षले प्यानल बनाएर मंगलवार उम्मेदवारी दर्ता गराएका थिए। पटेलको प्यानलबाट उपसभापतिमा राजु गुप्ता र डाक्टर कृपासिन्धु चौधरी, सचिवमा विश्वराज घिमिरे र वीरेन्द्र यादव, सहसचिवमा दिलिपराज कार्की र रुक्मान अन्सारीले उम्मेदवारी दिएका छन्। क्षेत्रीको प्यानलबाट जिल्ला उपसभापतिमा रामनारायणप्रसाद कुर्मी र अशोककुमार गुप्ता, सचिवमा दिनेश चौधरी र इम्तियाज आलम, सहसचिवमा नविन सिंह र मदनप्रसाद यादवको उम्मेदवारी परेको छ। मतदानमा १ हजार ८ सय मतदाता सहभागी हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell