PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

संसद् भवन अगाडी शङ्कास्पद बस्तु राख्ने युवक समातिए



पहिलोपोस्ट

संसद् भवन अगाडी शङ्कास्पद बस्तु राख्ने युवक समातिए

काठमाडौँः सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडी शङ्कास्पद बस्तु राखेर मानिसलाई आतङ्कित बनाएको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

महानगरीय अपराध महाशाखाको टोलीले काभ्रे भुम्लो गाउँपालिका वडा नम्बर २ सिमथली घर  भएका २१ वर्षीय सुवास महतलाई नियन्त्रणमा लिएको हो।

अनुसन्धानको क्रममा उनी अनेरास्वबियु क्रान्तिकारीका पशुपति बहुमुखी क्याम्पस कमिटी अध्यक्ष भएको खुलेको छ। प्रहरीले घटना प्रयोग भएको बा.प्र. ०२-०३०-प. ७०८५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell