PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

अर्को महिनाबाट पाँच वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई खोप दिन्छौं : स्वास्थ्य मन्त्री



पहिलोपोस्ट

अर्को महिनाबाट पाँच वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई खोप दिन्छौं : स्वास्थ्य मन्त्री

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले अर्को महिनाबाट पाँच वर्ष देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरुद्ध खोप लगाइने बताएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनले संयुक्त रुपमा आयोजना गरेको कोभिड-१९ विरुद्धको खोपसम्बन्धी जोखिम संचार तथा सामुदायिक सहभागिता विषय अन्तरक्रियामा उनले खोप खरिदको कार्य अघि बढेको जानकारी दिए।

‘खोप खरिदका लागि पत्रचार भइसकेको छ। आगामी वैशाखभित्र सबै १२ वर्षदेखि माथिका सबैलाई खोप लगाइसक्छौं,’ उनले भने। यसअघि सरकारले १८ वर्षभन्दा माथि उमेर समूहलाई चैत मसान्तभित्र खोप लगाउने बताएको थियो।

उनले कोरोना भाइरसविरुद्धको लडाइँमा अहिलेसम्मको अनुभवले अब क्षति नगर्नेसमेत दाबी गरे। ‘हामीले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा जुन किसिमको काम गर्‍यौं, त्यसको अनुभवले अब कोरोनाविरुद्ध लड्न सजिलो भएको छ’, उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell