PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

स्थानीय निर्वाचनसम्म नेपाललाई पूर्ण खोपयुक्त बनाउन लाग्नुपर्छ : राष्ट्रियसभा अध्यक्ष



पहिलोपोस्ट

स्थानीय निर्वाचनसम्म नेपाललाई पूर्ण खोपयुक्त बनाउन लाग्नुपर्छ : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थानीय तहको निर्वाचनसम्ममा सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा दिलाउनुपर्ने बताएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनले संयुक्त रुपमा आयोजना गरेको कोभिड-१९ विरुद्धको खोपसम्बन्धी जोखिम संचार तथा सामुदायिक सहभागिता विषय अन्तरक्रियामा सम्बोधन गर्दै उनले निर्वाचनसम्म नेपाललाई पूर्ण खोपयुक्त घोषणा गर्ने कार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।

नेपालका राजनीतिक दलहरुले पनि कोरोना भाइरसविरुद्धको खोपको विषयलाई प्राथमिकताका साथ अघि सार्नुपर्ने उनले बताए। ‘सबै जनताले खोप लगाए, सबै कोरोनाबाट बच्न सक्छन्’, तिमिल्सिनाले भने, ‘जसले गर्दा राजनीतिक दललाई पनि फाइदा हुन्छ, त्यसैले अझ सक्रिय भएर खोपको सन्देश लिएर जनता समक्ष जाऔं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell