PahiloPost

Apr 3, 2026 | २० चैत्र २०८२

एमालेको आरोपलाई सभामुखको सचिवालयले भन्यो : भ्रम र अफवाह फैलाउन काम भयो



पहिलोपोस्ट

एमालेको आरोपलाई सभामुखको सचिवालयले भन्यो :  भ्रम र अफवाह फैलाउन काम भयो

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले नेकपा एमालले लगाएको आरोपको खण्डन गरेको छ। एमालेले मंगलवार जारी गरेको विज्ञप्तीमा सभामुखले ‘एमसीसी टेवल गर्न परे आत्महत्या गर्छु’ भन्ने जस्तो अभिव्यक्ति दिएको आरोप लगाइएको थियो।

आज सभामुखको सचिवालयले एक विज्ञप्ति जारी गर्दै सापकोटाले बोल्दै नबोलेको कुरालाई लिएर भ्रम सृजना गर्ने र अफवाह फैलाउन काम भएको जनाएको हो। सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपाने आज जारी गरेको प्रेस विज्ञप्तिमा लोकतन्त्र र संवैधानिक सर्वोच्चताको पक्षमा उभिएका सभामुखलाई जोडेर गरिएको प्रचार राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको उल्लेख छ।

देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा सभामुखले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएकाप्रति विज्ञप्तिमा आपत्ति जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell