PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

अन्तालिया डिप्लोमेसी फोरममा सहभागी हुन परराष्ट्र मन्त्री टर्की जाने, को - को हुँदैछन् सहभागी?



पहिलोपोस्ट

अन्तालिया डिप्लोमेसी फोरममा सहभागी हुन परराष्ट्र मन्त्री टर्की जाने, को - को हुँदैछन् सहभागी?

काठमाडौं : परराष्ट्र मन्त्री डाक्टर नारायण खड्का अन्तालिया डिप्लोमेसी फोरममा सहभागी हुन टर्की जाने भएका छन्। मन्त्रिपरिषद्को बैठकले मन्त्री खड्काको नेतृत्वमा फोरममा सहभागी हुने टोली गठन गरेको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। 

टर्कीको अन्तालिया सहरमा मार्च ११ देखि १३ सम्म अन्तालिया डिप्लोमेसी फोरम आयोजना हुँदैछ। कुटनीति, नीति निर्माणका विषयमा छलफल गर्न विभिन्न देशका राष्ट्र प्रमुख, सरकार प्रमुख, नेता, कूटनीतिज्ञलगायत सहभागी फोरममा सहभागी हुँदैछन्। गत वर्षदेखि टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले उद्घाटन गर्ने सम्मेलनमा सहभागी हुन् दक्षिण एसियाबाट नेपालसहित बंगलादेश, पाकिस्तान र श्रीलंकाका परराष्ट्र मन्त्रीहरु सहभागी हुने फोरमले सार्वजनिक गरेको सूचीमा उल्लेख छ। 

पाकिस्तानी परराष्ट्रमन्त्री मकदुम शाह महमुद कुरेसी, बंगलादेशका परराष्ट्र मन्त्री डाक्टर एके अब्दुल मोमेन श्रीलंकाका परराष्ट्र मन्त्री प्रध्यापक गामिनी लक्षमन पेइरिस  पनि सहभागी हुनेछन्। 

स्लोभेनिया, नाइजर र कोसोभोका राष्ट्रपतिहरु, तथा कोसोभो, अल्बानियाका प्रधानमन्त्री पनि फोरममा सहभागी हुँदै छन्। यो फोरम गत वर्षदेखि आयोजना गर्न थालिएको हो।

यो फोरम सकिएसँगै परराष्ट्रमन्त्री खड्काको टोलीले अंकारा टर्कीका समकक्षीको नेतृत्वमा हुने द्वीपक्षीय वर्तामा सहभागी हुने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell