PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भोलिदेखि जनकपुर साहित्य महोत्सव सुरु हुने, मधेशबारे संचालन हुनेछन् सत्रहरु



पहिलोपोस्ट

भोलिदेखि जनकपुर साहित्य महोत्सव सुरु हुने, मधेशबारे संचालन हुनेछन् सत्रहरु

जनकपुरधाम : मधेश प्रदेशको राजधानी जनकपुरधाममा भोलिदेखि तीन दिवसिय जनकपुर साहित्य महोत्सव २०२२ सुरु हुन लागेको छ। नव मिथिला फाउण्डेशनको आयोजन र नबिल बैंकको प्रायोजनमा हुन लागेको महोत्सव २१ गतेसम्म संचालन हुनेछ।

२०७६ सालदेखि प्रत्येक वर्ष आयोजना हुँदै आएको महोत्सवमा यसवर्ष साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीति सम्बन्धी १२ वटा ‘ओपन–एयर प्यानल’ छलफल हुने आयोजक समितिका सदस्य राकेशविक्रम साहले जानकारी दिए।

जनकपुर साहित्य महोत्सवमा विद्यार्थी, राजनीतिज्ञ, कलाकार, संगीतकार, लेखकलगायतको सहभागिता रहने उनले बताए। महोत्सवमा नेपालभरिका साहित्यप्रेमीहरुको सहभागिता रहनेसमेत उनले जानकारी दिए।

साहित्य महोत्सवको उद्घाटन सत्र फागुन १९ गते दिउँसो २ बजेदेखि जानकी मन्दिर परिसरमा हुनेछ। महोत्सवको पहिलो दिन भोलि लेखक खगेन्द्र संग्रौलाको मधेश साहित्य र म भन्ने विषयमा एउटा सत्र संचालन हुनेछ। त्यस्तै, फागुन २० र २१ गते पनि जानकी मन्दिर परिसरमै दिउँसो २ बजेदेखि कार्यक्रम संचालन हुनेछ।

महोत्सवमा ‘समाजमा विभेद’, ‘मधेशमा उद्यमी र मधेशको उद्योग’, ‘शिक्षाको संस्कार’, ‘स्थानीयविकास’, ‘महिला र राजनीति’, ‘कसको लोकतन्त्र, कस्तो लोकतन्त्र’, ‘मधेश एक अवसर’, ‘परिवर्तनको सिद्धान्त’, ‘मधेशमा साहित्य लेखन’ जस्ता अन्य विषयमा सत्रहरु सञ्चालन हुने आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell