PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

आयुर्वेदिक अस्पतालका अध्यक्ष नहटाउन उच्च अदालतले जारी गरेको आदेशले पायो निरन्तरता



पहिलोपोस्ट

आयुर्वेदिक अस्पतालका अध्यक्ष नहटाउन उच्च अदालतले जारी गरेको आदेशले पायो निरन्तरता

हेटौँडाः वाग्मती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले हटाएका आयुर्वेदिक अस्पतालका १२ जना अध्यक्षलाई तत्काल नहटाउन दिएको अल्पकालीन अन्तरिम आदेशलाई उच्च अदालत पाटनको हेटौँडा इजलासले निरन्तरता दिएको छ।

न्यायाधीश मुहम्मद साबिर हुसैन र निर्मला शाक्यको संयुक्त इजलासले दुबै पक्षको छलफलपछि आदेशलाई निरन्तरता दिएको हो।

रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म सरकारले हटाएका अध्यक्षहरूलाई पदमै बहाल रही काम गर्ने बाटो खुलेको निवेदक पक्षका अधिवक्ता मदन दाहालले बताए।

यस्तै सरकारले पछिल्लोपटक नियुक्त गरेका अध्यक्षहरूलाई भने पद बहाली गर्न अदालतको आदेशले रोकिदिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell