PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

एमसीसी अनुमोदनको विरोधमा आगजनी गर्ने १६ जनाविरुद्ध मुद्धा चलाउने तयारी



पहिलोपोस्ट

एमसीसी अनुमोदनको विरोधमा आगजनी गर्ने १६ जनाविरुद्ध मुद्धा चलाउने तयारी
फाइल फोटो

सुर्खेतः अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पाेरेशन (एमसीसी) सँगको सम्झौता अनुमोदनको विरोधमा प्रर्दशनमा उत्रिएर तोडफोड तथा आगजनीमा संलग्न १६ जनालाई मुद्दा चलाउने तयारी थालिएको छ।

सोमबार र मंगलबार पक्राउ परेका २७ जनामध्ये १४ जनालाई सार्वजनिक शान्तिविरुद्धको र दुई जनालाई अभद्र व्यवहार कसुरमा मुद्धा चलाउन सुर्खेत जिल्ला अदालतबाट म्याद थप गरी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए। 

सार्वजनिक शान्ति विरुद्धमा वीरेन्द्रनगर–१२ का रमेशप्रसाद रेग्मी, वीरेन्द्रनगर ३ का अशोक शाही, वीरेन्द्रनगर ६ का निलेश खड्का, अछाम पञ्चदेवल विनायक गाउँपालिका –५ छत्रबहादुर शाही, पञ्चदेवल ३ का विनोद बुढा रहेका छन्। 

त्यस्तै, कालिकोट सान्नी त्रिवेणी ४ का ललितजंग केसी, शुभकालिका ४ का दिलबहादुर शाही, दैलेख महावु गाउँपालिका १ का नेत्रबहादुर साउद, गुराँस गाउँपालिका ३ का पूर्णबहादुर शाही, डुङगेश्वर गाउँपालिका ६ का नवीनप्रकाश न्यौपाने, दैलेख दुल्लु नगरपालिका ८ भई वीरेन्द्रनगर ६ बस्ने रमेश विक, धादिङ शिद्धलेख गाउँपालिका १ का भेषबहादुर चितौरे मगर रहेका छन्। 

त्यसैगरी, वीरेन्द्रनगर ११ का भक्तबहादुर शाही र सोही ठाउँका रत्नबहादुर शाहीलाई अभद्र व्यवहार कसुरमा मुद्धा तयारी गरिएको हो। 

सोमबार विभिन्न ६ वटा राजनीतिक दल र दुई मोर्चाले संयुक्त रुपमा आव्हन गरेको नेपाल बन्दका क्रममा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेपछि कर्फ्यू लगाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell