PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बालुवाटारमा जारी सत्तारुढ गठबन्धनको बैठकमा एमसीसी अनुमोदनको 'रिभ्यू'



पहिलोपोस्ट

बालुवाटारमा जारी सत्तारुढ गठबन्धनको बैठकमा एमसीसी अनुमोदनको 'रिभ्यू'
FILE PHOTO

काठमाडौं : सत्तारुढ गठबन्धन दलको बैठक बालुवाटारमा जारी छ। पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर सत्तारुढ गठबन्धन बैठकमा जुटेको हो। बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका नेताहरु सहभागी छन्।

राजदूत नियुक्ती, मन्त्रिपरिषद् विस्तार, स्थानीय चुनावबारे बैठकमा छलफल चलेको बताइएको छ। यद्यपि, आजको मुख्य एजेन्डा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदनको समीक्षा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

'आज एमसीसीको रिभ्यूका लागि बैठक बसेको हो,' प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले भने।

सरकारले यही फागुन १५ गते अमेरिकी सहायता परियोजना एमसीसी सदनबाट पारित गरेको हो। सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको जोडबलमा एमसीसी पारित भए पनि माओवादी र समाजवादीले भने भिन्न मत प्रकट गरेको थियो। यसै विषयमा सहमतिमा आउन व्याख्यात्मक घोषणासमेत गरिएको थियो। व्याख्यात्मक घोषणापछि पनि माओवादीका नारायणकाजी श्रेष्ठ, देव गुरुङलगायतले एमसीसीको विरोध जनाइरहेका छन्। यसै विषयमा बैठकमा समीक्षा चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell