
काठमाडौं : फिल्म 'कबड्डी' को चौथो सिरिजको नयाँ प्रदर्शन मिति तय भएको छ। 'कबड्डी ४ -द फाइनल म्याच' जेठ १३ गते रिलिज हुने पक्का भएको हो।
यसअघि वैशाख २३ गतेका लागि फिल्मको रिलिज मिति घोषणा गरिएको थियो। तर, सरकारले वैशाख ३० गते स्थानीय चुनाव घोषणा गरेकाले रिलिज मिति सारिएको निर्देशक रामबावु गुरूङले बताएका छन्।
फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतका कलाकारको अभिनय रहेको छ।
बाँसुरी फिल्म्सको ब्यानरमा बनेको फिल्मका मणिराम पोखरेल निर्माता हुन्। फिल्मका अघिल्ला श्रृङ्खलामा जस्तै मुस्ताङ आसपासमा फिल्मको छायाङ्कन गरिएको हो।
रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन रहेको फिल्ममा शैलेन्द्र डी कार्कीको छायाङ्कन रहेको छ। यसअघि रिलिज भएका फिल्मको तीन सिरिजमा दयाहाङको नै मुख्य भूमिका थियो।