PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

सुरु भयो मिथिला मध्यमा परिक्रमा, घट्दैछ युवाको रुची



पहिलोपोस्ट

सुरु भयो मिथिला मध्यमा परिक्रमा, घट्दैछ युवाको रुची

जनकपुरधाम : मिथिलाञ्चलको धार्मिक एवं ऐतिहासिक १५ दिने मिथिला मध्यमा परिक्रमा आजबाट सुरु भएको छ। परिक्रमामा अन्य वर्षहरु झैँ यस बर्षपनि श्रद्धालुहरुको भीड देखिएको छ।

जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजी अर्थात माता जानकीको डोला र मिथिला बिहारी अर्थात भगवान रामको डोला संगै १५ दिनसम्म मिथिलाका भारत देखि नेपाल हुँदै विभिन्न धार्मिक स्थलहरुको पैदल यात्रा गरेर परिक्रमा गरिने गरिन्छ। मिथिला महात्मका अनुसार मिथिलामा बृहत, मध्यमा र अन्तगृह गरी तीनवटा परिक्रमाको उल्लेख पाइन्छ।

नेपाल-भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवम् पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राका लागि नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थल छन्। मिथिला महात्म्यमा यी विश्रामस्थलका पौराणिक एवम् धार्मिक महत्वबारे चर्चा गरिएकाले यी स्थलप्रति भक्तजनको आस्था रहेको पाइन्छ। नेपालको १०७ एवम् भारतको २६ गरी १३३ किलो मिटर भूमिमा परिक्रमा(पैदलयात्रा) गर्ने परम्परा छ।

यस परिक्रमामा भारतको अयोध्या, मथुरा, हरिद्वार, दरभङ्गा, सीतामढी, वैद्यनाथधामका साधुहरुको उल्लेख्य रुपमा सहभागिता रहेको हुन्छ। यद्यपि, नव पुस्ता भने साधु सन्तहरु सँग १५ दिने परिक्रमा गर्न रुचाउन छाडेका छन्।

विगतमा भएका पाप नास भएर मनोकामना पूरा हुने धार्मिक मान्यता अनुसार परिक्रमाका यात्रुहरु भारतको कलाणेश्वर, गिरिजास्थान, महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन हुँदै धनुषाको पर्वता धनुषाधाम, सतोषर, औरहीमा एक÷एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आइपुग्छन्। पूर्णिमाको दिन जनकपुरको अन्तगृह परिक्रमा गरी होली खेलेर १५ दिवसीय यात्रा सम्पन्न हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell