
बलिउड फिल्म 'गंगुबाई काठियावाडी' गत शुक्रवारबाट प्रदर्शनमा आयो। माफिया डन गगुंबाईको जीवनमा केन्द्रित यो फिल्ममा आलिया भट्टले यस फिल्ममा गंगुबाईको भूमिका निभाएकी छिन्।
फिल्म रिलिज भएसँगै दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। रिलिज भएको ६ दिनमा फिल्मले ६३ करोड भारतीय रुपैयाँ भन्दा बढीको व्यापार गर्न सफल भएको छ। पहिलो साताभित्र फिल्मले ६५ करोडभन्दा बढी 'कलेक्सन' गर्ने अनुमान गरिएको छ।
गंगुबाई काठियावाडी’ ले रिलिज भएको पहिलो दिन शुक्रबार १०.५० करोड भारतीय रुपैयाँको व्यापार गरेको थियो। त्यसैगरि, शनिवार १३.३२ करोड भारतीय रुपैयाँ, आइतवार १५.३० करोड भारतीय रुपैयाँ, सोमवार ८. १९ करोड भारतीय रुपैयाँ र मंगलवार १०.०१ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको थियो। 'गंगुबाई काठियावाडी' ले बुधबार ६- ६.५० करोड भारतीय रुपैयाँ कमाएको बक्स अफिस इन्डियाको दाबी छ।
संजय लीला भन्सालीको निर्माण र निर्देशन रहेको फिल्ममा आलिया भट्टका साथै अजय देवगनको पनि अभिनय रहेको छ। फिल्मले गंगूबाईको गुजरातदेखि मुम्बईसम्मको यात्रा, असफल प्रेम कथा प्रस्तुत गरेको छ। यो फिल्म हुसेन जैदीको उपन्यास ‘माफिया क्विन अफ मुम्बई’ मा आधारित रहेको छ।