PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

एमसीसी पास गरेको भन्दै कांग्रेसबाट निर्वाचित वडाध्यक्षले छाडे पार्टी



पहिलोपोस्ट

एमसीसी पास गरेको भन्दै कांग्रेसबाट निर्वाचित वडाध्यक्षले छाडे पार्टी

काठमाडौं : नेपाली कांग्रेसले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) जनचाहना विपरित पारित गरेको भन्दै सिन्धुपाल्चोकका एक वडाध्यक्षले पार्टी छाडेका छन्। कांग्रेसबाट जिल्लाको बाह्रबिसे नगरपालिका वडा २ मा वडाध्यक्ष जितेका बमबहादुर तामाङले बिहीवार पार्टी परित्यागको घोषणा गरेका हुन्।

'पार्टीले आम जनचाहना विपरीत एमसीसी पास गर्ने, आम कार्यकर्ताहरुले भनेको कुनै पनि कुराको सुनुवाई नगर्ने, पेलेर लैजान खोज्ने, विधि विधान भन्दा व्यक्तिवादी सोच बढी हाबी हुने जस्ता गतिविधिले हामी आम कांग्रेस कार्यकर्ताहरु निराश भएका छ,'  तामाङले विज्ञप्तिमार्फत भनेका छन्, 'लोकतान्त्रिक पार्टी भित्रको यो अलोकतान्त्रिक क्रियाकलाप टुलुटुलु हेरेर बस्नु भन्दा पार्टीबाट विद्रोह गर्न मेरो अन्तरआत्मले भन्यो। त्यसैले मेरो अन्तरमनको निर्देशन, आम पार्टीका शुभेच्छुकहरु, मलाई माया गरेर मतदान गर्ने आम मतदाताहरुको सल्लाह बमोजिम मैले ३२ वर्षमा माया गरेको, रगत पसिना बगाएको पार्टी नेपाली कांग्रेस पार्टी आजैको मितिबाट परित्याग गरेको घोषणा गर्दछु।'

कांग्रेस त्यागेका तामाङ एमालेमा प्रवेश गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell