PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

उत्तर प्रदेश विधानसभा निर्वाचन : 'सीएम सिटी' गोरखपुरबाट जितलाई कायम राख्लान् त योगीले ?



पहिलोपोस्ट

उत्तर प्रदेश विधानसभा निर्वाचन : 'सीएम सिटी' गोरखपुरबाट जितलाई कायम राख्लान् त योगीले ?
Photo : ANI

भारतको उत्तर प्रदेशमा आज छैठौं चरणको विधानसभा निर्वाचन भइरहेको छ। उत्तर प्रदेशको १० जिल्लाका ५७ सिटका लागि ६७६ जना प्रतिस्पर्धामा छन्।   

अति महत्वपूर्ण मानिएको गोरखपुर क्षेत्रमा पनि आजै निर्वाचन भइरहेको छ। यहाँबाट उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पहिलोपटक विधानसभा निर्वाचन लडिरहेका छन्। त्यसैले पनि आजको निर्वाचनलाई महत्वका साथ हेरिएको छ।

आदित्यनाथले यसअघि पाँच पटक लोकसभामा गोरखपुरबाट नै निर्वाचन लडेर जितेका थिए। आदित्यनाथ सन् १९९८, १९९९, २००४, २००९ र २०१४ मा गोरखपुरबाट लोकसभा पुगेका थिए। २०१७ मा भने उनलाई भारतीय जनता पार्टीले मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। विधानसभा निर्वाचन नलडेका उनी विधान परिषदबाटबाट विधानसभा पुगेका थिए। त्यसैले पनि गोरखपुरलाई पछिल्लो समय ‘सीएम सिटी’ भनेर चिन्ने समेत गरिन्छ।

यस्तै, बललिया, कुशिनगर, बस्ती, सन्त कबिर नगर, अमबेडकर नगर र डिओरियामा पनि आज मतदान भइरहेको छ। उत्तर प्रदेशमा सातौं चरणको निर्वाचन मार्च १० मा हुनेछ। ९ जिल्लाको ५४ सिटका लागि मतदान भए सँगै उत्तर प्रदेशको विधानसभा निर्वाचन समाप्त हुनेछ।

उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टीले फेरि योगी आदित्यनाथलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएको छ। भारतीय कांग्रेसले मुख्यमन्त्रीको नाम घोषणा गरेको छैन। यद्यपि, प्रियंका गान्धीको अनुहारमा कांग्रेस निर्वाचन लडिरहेको छ। समाजवादी पार्टी गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा छन्। पूर्व मुख्यमन्त्री अखिलेश यादवले गठबन्धनको नेतृत्व गरिरहेको छ। यस्तै, मायावतीको नेतृत्व रहेको बहुजन समाजवादी पार्टी र आद्मी पार्टी पनि चुनावी मैदानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell