PahiloPost

Jul 3, 2024 | २० असार २०८१

महाधिवेशनबाट उर्जा मिलेको छ, कांग्रेस एक्लै निर्वाचन लड्न तयार छ : प्रकाशमान सिंह



पहिलोपोस्ट

महाधिवेशनबाट उर्जा मिलेको छ, कांग्रेस एक्लै निर्वाचन लड्न तयार छ : प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस एक्लै स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्ने बताएका छन्। काभ्रेको धुलिखेलमा आयोजित एक कार्यक्रममा उनले १४ औँ महाधिवेशनबाट पार्टीमा नयाँ ऊर्जा उत्पन्न भएको भन्दै कांग्रेस एक्लै पनि चुनाव लड्न तयार भएको बताएका हुन्।

‘भर्खरै महाधिवेशन सम्पन्न भएको छ,’ सिंहले भने, ‘अर्गनाइजेसनमा उर्जा पैदा भएको छ। उर्जाअनुसार कांग्रेस एक्लै लड्नलाई पनि तयार छ।’

उनले गठबन्धन सरकारले संविधानको भावना र मर्मअनुरुप स्थानीय तहको निर्वाचन मिति तोकेको पनि बताए।

‘गठबन्धन सरकार प्रतिगमन रोक्नका लागि बनेको सरकार हो। संविधानलाई ट्रयाकमा राख्ने, संविधानको भावना र मर्मअनुरुप सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेको छ,’ सिंहले भने, ‘त्यही अनुसार निर्वाचन आयोगले आफ्नो काम अगाडि बढाएको छ।’

यस्तै उनले निर्वाचनमा चुनावी तालमेलका लागि पार्टीले सातवटै तहका कार्यसमितिको सल्लाहअनुसार निर्णय लिने समेत बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell