PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

व्याख्यात्मक घोषणाको नाममा भ्रम  छरियो : शंकर पोखरेल



पहिलोपोस्ट

व्याख्यात्मक घोषणाको नाममा भ्रम  छरियो : शंकर पोखरेल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको बताएका छन्।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त घोषणाले जनतालाई भ्रमित बनाएको र यसको कुनै अर्थ पनि नरहेको बताए।

प्रतिनिधिसभामा एमालेको अवरोधबिच फागुन १५ गते राति व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरिएको थियो। एमालेले एमसीसीमा आफ्नो सहमति भएको बताइसकेको छ।

महासचिव पोखरेलले सभामुख अग्नि सापकोटाले राजनीतिक पूर्वाग्रही बनेको आरोप समेत लगाएका छन्। एमालेले सभामुखको राजीनामा र १४ सांसदलाई कारवाहीको माग गर्दै संसद अवरोध गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell