PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कांग्रेस कैलालीको जिल्ला सभापतिमा भट्ट विजयी



पहिलोपोस्ट

कांग्रेस कैलालीको जिल्ला सभापतिमा भट्ट विजयी

कैलालीः नेपाली कांग्रेस कैलालीको जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन्। बिहीबार भएको दोस्रो चरणको निर्वाचनबाट प्रकाश बमलाई पराजित गर्दै संस्थापनका उम्मेदवर भट्ट विजयी भएका हुन्।

पहिलो चरणमा दुई संस्थापनका उम्मेद्वार चुनावी मैदानमा थिए। यस्तै नेता शेखर कोइराला प्यानलका उम्मेद्वार पनि चुनावी मैदानमा थिए।

दोस्रो चरणमा शेखर प्यानल बाहिरिएपछि संस्थापनकै दुई उम्मेदवारबीच भएको प्रतिस्पर्धामा प्रकाशबहादुर बमलाई २६३ मतले पराजित गर्दै भट्ट सभापतिमा विजयी भएका हुन्।

भट्ट एक हजार ३५९ मत ल्याउँदै विजयी भएका हुन् भने बमले एक हजार ९६ मत पाए। पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान भएको थियो। मतदानमा २ हजार ४६७ मत खसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell