PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

देउवा सरकारले फेरि बढायो पेट्रोलको भाउ, अब लिटरकै १५० रुपैयाँ, कुनमा कति बढ्यो मूल्य?



पहिलोपोस्ट

देउवा सरकारले फेरि बढायो पेट्रोलको भाउ, अब लिटरकै १५० रुपैयाँ, कुनमा कति बढ्यो मूल्य?

काठमाडौँः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। बिहीबार रातिबाट लागू हुनेगरी निगमले मूल्य बढाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको हो। 

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १५० रुपैयाँ पुगेको छ। यस्तै, डिजेल र मट्टीतेल १३३ रुपैयाँ कायम हुनेछ। यो मूल्य निगमको काठमाडौँ डिपोको १५ किलोमिटरभित्र लागू हुनेछ। 

निगमले ग्यासको मूल्य भने यथावत राखेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा सत्तामा आएयता लगातार इन्धनको मूल्य माथितिरै गइरहेको छ। 

समायोजनपछि पनि निगमको पाक्षिक घाटा दुई अर्ब ५० करोड रहेको जनाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell