PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

स्थानीय निर्वाचनका लागि आठ अर्ब ११ करोड बजेटको सुनिश्चितता



पहिलोपोस्ट

स्थानीय निर्वाचनका लागि आठ अर्ब ११ करोड बजेटको सुनिश्चितता

काठमाडौँः निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि बजेट सुनिश्चितता भएको जनाएको छ। विज्ञप्ति जारी गर्दै आयोगले आठ अर्ब ११ करोड रुपैयाँ सुनिश्चितता भएको जनाएको छ। 

आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तह निर्वाचन सञ्चालन एवम् व्यवस्थापनका लागि आयोगलाई नेपाल सरकार, अर्थ मन्त्रालयबाट रु आठ अर्ब ११ करोडको बजेटको सुनिश्चितता प्राप्त भएको छ।’

आयोगले स्थानीय निर्वाचनका लागि दर्ताको निवेदन दिएका ८० दलको कागजात अध्ययन भइरहेको जनाएको छ। आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नामावली प्राप्त भएको पनि जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell