PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

फ्राइडे रिलिज : 'द ब्याटम्यान' सँग भिड्दै सौगात अभिनीत 'लप्पन छप्पन २'



पहिलोपोस्ट

फ्राइडे रिलिज : 'द ब्याटम्यान' सँग भिड्दै सौगात अभिनीत 'लप्पन छप्पन २'

काठमाडौं: यो साता फ्राइडे रिलिजमा एक नेपाली र एक हलिउड फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म ‘लप्पन छप्पन २’ ले हलिउड फिल्म ‘द ब्याटम्यान’ सँग नेपाली बक्सअफिसमा प्रतिस्पर्धा गर्नेछ।

मुकुन्द भट्ट निर्देशित फिल्म ‘लप्पन छप्पन २’ ले वर्तमान नेपालको राजनीतिक अवस्थाको चित्रण गरेको छ। नेपालको सत्ता परिवर्तनमा विदेशी शक्तिको चलखेलमाथि फिल्मको कथा केन्द्रित छ। 

एक्सन जनरामा निर्माण भएको ‘लप्पन छप्पन २’ को मुख्य भूमिकामा छन्, सौगात मल्ल। फिल्ममा सौगातका साथै शिव श्रेष्ठ, अर्पण थापा, अनुप विक्रम शाही, एन्जल श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ। नेपालीसँगै यो फिल्म हिन्दी, तमिल, तेलुगु, भोजपुरी र चाइनिज गरी ६ भाषामा डिजिटल प्लेटफर्ममार्फत रिलिज भएको बताइएको छ।

त्यसैगरी, अमेरिकी सुपर हिरो फिल्म 'द ब्याटम्यान' पनि एक्सन जनरामै निर्माण भएको फिल्म हो। म्याट रिब्सको निर्देशनमा बनेको फिल्ममा अभिनेता रोबर्ट प्याटिन्सनको मुख्य भूमिका रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell