PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

युरोपको सबैभन्दा ठूलो परमाणु प्लान्टमा आगलागी, रसियाले जानाजानी आक्रमण गरेको युक्रेनको आरोप



पहिलोपोस्ट

युरोपको सबैभन्दा ठूलो परमाणु प्लान्टमा आगलागी, रसियाले जानाजानी आक्रमण गरेको युक्रेनको आरोप
Photo : AFP/ Zaporizhzhia nuclear authority

युरोपको सबैभन्दा ठूलो परमाणु प्लान्टमा आगलागी भएको छ। युक्रेनका राष्ट्रपति भोलोदोमीर जेलेन्स्कीका अनुसार रसियाली सेनाको आक्रमणबाट जेपोरजिया परमाणु पावर प्लान्टमा आगो लागेको हो। उनले रसियाली सेनाले जानाजानी प्लान्टमा आगो लगाएको आरोप लगाएका छन्।

‘जाग्नुहोस् युरोपियनहरु तिमीहरुको नेताहरुलाई भन कि रसियाली सेनाहरुले युक्रेनमा रहेको न्यूक्लियर प्लान्टमा आक्रमण गरिरहेका छन्,’ जेलेनस्कीले भनेका छन्।

परमाणु प्लान्टमा आगो लागेपछि अमेरिकाले ‘न्यूक्लियर इन्सिडेन्ट रेस्पोन्स टिम’ परिचालन गर्ने भएको छ।

युक्रेनी अग्नी नियन्त्रकहरुले पावर प्लान्टमा लागेको आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। युक्रेनले उक्त परमाणु केन्द्रको सुरक्षा सुनिश्चित गरिएको दाबी समेत गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell