PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

चितवनमा गैँडा मारेर खाग चोरीमा संलग्न फरार व्यक्ति काठमाडौंबाट समातिए



पहिलोपोस्ट

चितवनमा गैँडा मारेर खाग चोरीमा संलग्न फरार व्यक्ति काठमाडौंबाट समातिए

काठमाडौंः चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारेर खाग चोरी गरेको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चितवन कालिका नगरपालिका वडा नम्बर २ घर भएका ४० वर्षीय राजन प्रजालाई नियन्त्रणमा लिएको हो।

गत असारमा उनीहरुको समुहले गैँडा मारेर खाग चोरी गरेको खुलेको थियो। प्रजालाई प्रहरीले काठमाडौंको बनस्थलीमा लुकेर बसेको अवस्थामा फेला पारेको हो।

उनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा पठाइएको एसपी दिनेशराज मैनालीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell