PahiloPost

Apr 3, 2026 | २० चैत्र २०८२

एमसीसीको विरोधमा ८ साना बाम घटकको विरोधसभा

एमसीसीको विरोधमा ८ साना बाम घटकको विरोधसभा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौता प्रतिनिधिसभाबाट पारित भएको विरोधमा ८ राजनीतिक दल तथा मोर्चाहरुले आज काठमाडौंमा विरोध सभा आयोजना गरेका छन्।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेकपा (मसाल), ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजीत नेतृत्वको नेकपा (माओवादी केन्द्र समाजवादी), चित्रबहादु केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, र सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले खुलमञ्चमा विरोधसभा आयोजना गरेको हो।

काठमाडौंका विभिन्न क्षेत्रबाट र्‍यालीसहित कार्यकर्ताहरु विरोधसभा स्थल पुगेका छन्। र्‍यालीलाई विप्लवसहितका नेताहरुले नेतृत्व गरेका छन्। 



ट्रेन्डिङ पोस्ट

Ncell