PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

अभिनेत्री रेखा थापामाथि गालीगलौज : रेखाकी दिदीले प्रहरीमा दिइन् युट्युबरविरुद्ध उजुरी



पहिलोपोस्ट

अभिनेत्री रेखा थापामाथि गालीगलौज : रेखाकी दिदीले प्रहरीमा दिइन् युट्युबरविरुद्ध उजुरी
फाइल फोटो

काठमाडौं : अभिनेत्री रेखा थापाले युट्युबरविरुद् प्रहरीमा उजुरी दिएकी छिन्।

थापाले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएकी हुन्। आफूलाई युट्युबरमार्फत विभिन्न गालीगलौज आएको भन्दै उनले प्रहरीमा उजुरी दिएकी हुन्। आज दिउँसो रेखा थापाकी दिदी तारा राणाले प्रहरीमा पुगेर उजुरी दिएकी हुन्।

'उहाँको दिदीले दुई जनाविरुद्ध उजुरी दिनु भएको छ। अनुसन्धान गरिरहेका छौं,' साइबर ब्युरोका एसएसपी नविन्द्र अर्यालले भने।

आज मात्र साइबर ब्युरोले युट्युब तथा टिकटकमा गम्भिर प्रकृतिको अपराधमा अनुसन्धान नै प्रभावित पार्ने गरी उत्तेजना तथा अफवाह फैलाउने, पीडितको गोपनियताको हक हनन् गर्दै फोटो तथा नामसमेत सार्वजनिक गर्ने गरेको अवगत गराउँदै कारबाही गर्ने चेतावनी सहितको विज्ञप्ती जारी गरेको छ।

अहिले जबर्जस्ती करणी उजुरीमा पक्राउ गरेका पल शाहका पक्षमा एकतर्फी रुपमा पीडितलाई नै थप पीडा दिने गरेर सामाग्री प्रकाशित तथा प्रसारण भइरहेको छ। पीडित किशोरीको नाम र फोटोसमेत राखेर टिकटक तथा युट्युबमा भिडिओ अपलोड गरिएको भेटिन्छ।

अभिनेत्री रेखा थापा पीडित गायिकाको पक्षमा बोलेकी थिइन। फेसबुकमा एक स्टाटस राख्दै रेखाले पीडित गायिकाको पक्षमा वकालत गरेकी हुन्। २० वर्षमुनिका छोरीहरुमा सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार रहेको उनको तर्क छ।

‘२० वर्ष मुनिका छोरीहरु बालिका हुन्, बालिका कानुनत: सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन्। समाजको भूमिका उनीहरुलाई संरक्षण गर्ने हो। कोसँग लभ छ? कति पटक यौनसम्पर्क भयो? यस्ता नैतिकतावादी कुराको कानुनलाई मतलब हुनुहुँदैन,’ उनले लेखेकी छिन्।

यस्ता गतिविधि गर्नेलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गत कारबाही गर्ने प्रहरीले चेतावनी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell