PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

हट्यो काठमाडौं उपत्यकाभित्र लगाइएका कोरोना प्रतिकार्यका सम्पूर्ण प्रतिबन्धात्मक व्यवस्था



पहिलोपोस्ट

हट्यो काठमाडौं उपत्यकाभित्र लगाइएका कोरोना प्रतिकार्यका सम्पूर्ण प्रतिबन्धात्मक व्यवस्था

काठमाडौं : काठमाडौं उपत्यकाभित्र कोभिड - १९ संक्रमण बढ्दै गएपछि जारी सबै प्रतिबन्धात्मक व्यवस्थाहरु हटाइएको छ।  काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सबै प्रतिबन्धात्मक व्यवस्थाहरु हटाउने निर्णय गरेको हो।

'हाल कोभिड-१९ को संक्रमण घट्दै गएकोले शनिवारबाट लागू हुने गरी प्रचलित कानून बमोजिमका राजनैतिक, आर्थिक, सामाजिक, शैक्षिक, व्यवसायिक लगायतका क्रियाकलापहरु प्रचलित स्वास्थ्य मापदण्डको पालना गरी, गराई नियमित रुपमा संचालन गर्न, गराउन यसअघि जारी भएका आदेशहरुमा भएका प्रतिबन्धात्मक व्यवस्थाहरु पूर्ण रुपमा हटाइएको व्यहोरा जानकारी गराइन्छ,' काठमाडौं जिल्ला प्रशासनबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

कोरोनाको तेस्रो लहर बढ्दै गएपछि काठमाडौं उपत्यकाभित्र जिल्ला प्रशासन कार्यालयले स्मार्ट लकडाउन गरेको थियो। दैनिक १० हजारसम्म देखिएका संक्रमितको सङख्या घटेर अहिले १ सय ५० सम्ममा झरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell