PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

ओडीआई सिरिजको तयारीमा श्रीलंका जान लागेको नेपाली टोलीको बिदाइ

ओडीआई सिरिजको तयारीमा श्रीलंका जान लागेको नेपाली टोलीको बिदाइ

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली क्रिकेट टोली एक दिवसीय सिरिजको तयारीका लागि श्रीलंका जाँदैछ। आज एक कार्यक्रमबिच युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नेपाली टोलीको बिदाइ गरे।

श्रीलंकामा छँदा नेपाली टोलीले चार वटा अभ्यास सिरिज खेल्नेछ। जसमा मार्च ७ मा श्रीलंका नेभी, मार्च ८ मा श्रीलंका नेभी, मार्च १० मा श्रीलंका पुलिस र मार्च ११ मा श्रीलंकाको फर्स्ट क्लास क्रिकेटका खेलाडी सम्मिलित टिमसँग खेल्नेछ।

नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टोली सन्तुलित भएको भन्दै राम्रो नतिजा ल्याउने बताए।

‘ओमनमा हाम्रो एउटा खराब दिन थियो। अब प्रतियोगिताका लागि हामी भोलि श्रीलंका जाँदैछौँ। मुख्य प्रतियोगिता अघिको यो खेलले राम्रो एक्सपोजर मिल्नेछ,’ कप्तान लामिछानेले भने।

त्यस्तै, प्रशिक्षक पुबुदु दासानायकेले श्रीलंकामा हुने खेलबाट ओडीआईमा 'स्वीच' हुन सहज हुने बताए।

‘चुनौतीहरु धेरै छन्। यूएईले धेरै राम्रो क्रिकेट खेलिरहेको छ। श्रीलंकाको खेलहरुले खेलाडी खेलका लागि तयार हुनेछन्,’ उनले भने।

विश्वकप लिग २ मा पपुवा न्युगिनीसँग मार्च १६ मा, मार्च १८ मा यूएईसँग, मार्च २१ मा यूएईसँग र मार्च २२ मा पपुवा न्युगिनीसँग खेल्नेछ।

सात टोली सम्मिलित लिग २ मा २३ खेल खेलेको ओमन ३० अंक जोडेर शीर्षस्थानमा रहँदा १२ खेलबाट १६ अंक जोडेको स्कटल्याण्ड दोस्रो, १६ खेलबाट १४ अंक जोडेको यूएसए तेस्रो, १० खेलबाट १२ अंक जोडेको यूएई चौथो र ९ खेलबाट १० अंक जोडेको नामिबिया पाँचौं स्थानमा छ।

८ खेलबाट ८ अंक जोडेको नेपाल भने तालिकाको छैटौं स्थानमा रहँदा १२ खेलबाट अंक जोड्न नसकेको पपुवा न्युगिनी तालिकाको पुछारमा छ।



ट्रेन्डिङ पोस्ट

Ncell