.jpeg)
चितवन : नेपाली कांग्रेस चितवनको सभापति चयनका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ। सभापतिमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याएकाले दोस्रो निर्वाचन हुने भएको हो।
सभापतिका प्रत्यासी राजेश्वर खनालले ७४६ मत ल्याएका छन् भने मिलनबाबु श्रेष्ठले ६६२ मत ल्याए। यस्तै उत्तम जोशीले ४७२, सूर्यकान्त घिमिरेले ४२६ र कैलाश कोइरालाले ४१२ मत ल्याएका छन्।
अब दोस्रो चरणमा बढी मत ल्याउने खनाल र श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ। कुल मतदाता २ हजार ९४५ रहेकामा २ हजार ८२० मत खसेको थियो। १०२ मत बदर भयो।
अधिवेशनले सात पदाधिकारीसहित ४८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ। यसैगरी तीन क्षेत्रबाट ११ जनाका दरले ३३ महासमिति सदस्य चयन हुनेछन्।