PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

बेहाल अवस्थामा तिर्खाएका ढुंगेधाराहरु

बेहाल अवस्थामा तिर्खाएका ढुंगेधाराहरु

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : उपत्यकालाई जीवन्त बनाई राख्न यहाँका सम्पदाको महत्त्वपूर्ण भूमिका छ। ती सम्पदामध्ये एक हुन्, ल्वहं हिति अर्थात् यहाँका ढुंगेधारा।

करिब एक दशक अघिसम्म उपत्यकाका अधिकांश ढुंगेधारामा पानी आउँथ्यो, मूल स्रोतबाटै। कुनै बेला सयौँ मानिसको तिर्खा मेटाएका ती धारा अहिले आफैं प्याकप्याकी परेका छन्।

ललितपुरको दक्षिण टिकाभैरवबाट ल्याइएको राजकुलो चक्रपथ निर्माणको क्रममा पाटनतर्फ जान बन्द भएपछि स्थानीय पोखरीहरु सुक्दै जाँदा यी ढुंगेधाराहरु पनि सुक्न थालेका छन्।

बढ्दो शहरीकरणका कारण घर लगायतका संरचनाहरु बन्दै जाँदा पानी बग्ने र जमिन मुनि जाने प्राकृतिक बाटो बन्द हुँदा ढुंगेधारा सुकेको स्थानीयहरु बताउँछन्। वर्षा याममा मात्रै पानी झर्ने यी ढुंगेधाराहरु पानी बग्ने ठाँउ नपाउँदा पनि कुरुप बन्दै गएका छन्।

सबै तस्विरहरु : न्यूज एजेन्सी नेपाल 

 



ट्रेन्डिङ पोस्ट

Ncell