PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

ट्रकमा मोटरसाइकल ठोक्किँदा दमकमा एकजनाको मृत्यु



पहिलोपोस्ट

ट्रकमा मोटरसाइकल ठोक्किँदा दमकमा एकजनाको मृत्यु

काठमाडौं : पूर्वपश्चिम राजमार्गको दमक- ४ स्थित ताराबारी सडकखण्डमा भएको सवारी दुर्घटनामा परेर एक युवाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति रोकिराखेको ट्रकमा तीव्रगतिमा आइरहेको मोटरसाइकल ठोक्किँदा सुनसरी घर भएका अन्दाजी ३५ वर्षीय हमिद मियाँ अन्सारीको ज्यान गएको हो।

ताराबारीस्थित पेट्रोलपम्प नजिकै रोकेर हावा भर्दै गरेको ट्रकमा पूर्वतर्फ आउँदै गरेको मोटरसाइकल ठोक्किँदा आगो लागेको थियो। घटनाबारे थप अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell