PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

१० दिनमा १२ लाखले छाडे युक्रेन, पोल्याण्डमा सबैभन्दा बढी शरणार्थी



पहिलोपोस्ट

१० दिनमा १२ लाखले छाडे युक्रेन, पोल्याण्डमा सबैभन्दा बढी शरणार्थी
Photo : AP

रसियाले युक्रेनमाथि आक्रमण गरेको आज १० दिन पुगेको छ। यसबिच दुवै तर्फबाट सयौंको मृत्यु भएको दाबी गरिएको छ। रसियाली सेनाले युक्रेनको राजधानी कीभसहित अन्य शहरहरुलाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। युक्रेनी सेना र नागरिकहरु सडकमा हतियारसहित रसियाली सेनाको प्रतिरोध गरिरहेक छन्।

युद्ध सुरु भएयता युक्रेनबाट १२ लाख मानिस पलायन भएको संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी उच्च निकायाले जनाएको छ। यसरी पलायन हुनेहरु धेरैजसो पोल्यान्ड पुगेका छन्। ६ लाख ५० हजार भन्दा बढी मानिस पोल्याण्ड पुगेको बताइन्छ। यस्तै, हंगेरी, माल्डोभा, स्लोभाकिया, रोमानियामा पनि धेरै संख्यामा मानिसहरु शरण लिन पुगेका छन्।

अझै लाखौं मानिस युक्रेनबाट बाहिरिने क्रममा रहेको बताइन्छ। युद्धका कारण ४० लाखले युक्रेन छाड्ने सक्ने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell