PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

जनतालाई मुस्कानसहितको सेवा दिन कर्मचारीलाई प्रधानमन्त्री देउवाको निर्देशन



पहिलोपोस्ट

जनतालाई मुस्कानसहितको सेवा दिन कर्मचारीलाई प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई मुस्कानसहितको सेवा दिन निजामती कर्मचारीलाई निर्देशन दिएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको नेपाल कर्मचारी युनियनको आठौँ महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कर्मचारीहरुलाई निर्देशन दिएका हुन्।

निजामति कर्मचारीमार्फत नै सरकार जनताको घरघरमा पुग्ने भएकोले मुस्कानसहितको सेवा दिन देउवाले भनेका हुन्। ' नागरिकप्रति सम्मानपूर्ण व्यवहार गर्ने र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने कर्मचारी आजको आवश्यकता हो,' देउवाले भने, 'त्यसैले जनतालाई सौहर्दपूर्ण रुपमा मुस्कानसहितको सेवा दिन सबै कर्मचारीहरुलाई अनुरोध गर्छु।'

कर्मचारी अनुशासित र इमान्दार भएमा सरकार सफल हुनेसमेत उनले बताए। प्रधानमन्त्री देउवाले कर्मचारी समायोजनमा भएका असन्तुष्टिहरुलाई समझदारीमा मिलाउने वचनसमेत दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell