PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ, ६ वर्षको कार्यकाल रहने



पहिलोपोस्ट

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ, ६ वर्षको कार्यकाल रहने

काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन्। सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आयोजित समारोहमा उनीहरुले शपथ लिएका हुन्। समारोहमा अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई सङ्घीय ससद्को प्रतिक चिह्न(लोगो) प्रदान गरेका थिए।

शपथ लिने नवनिर्वाचित सदस्यमा जयन्तीदेवी राई, सोनाम गेल्जेन शेर्पा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, मोहम्मद खालिद, गोमादेवी तिमिल्सिना, कृष्णप्रसाद पौडेल, कमला पन्त र भुवनबहादुर सुनार छन्।

यस्तै, सुरेशकुमार आले मगर, राजेन्द्रलक्ष्मी गैरे,  तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा, मदनकुमारी शाह (गरिमा), जगतबहादुर पार्की र नारायणदत्त मिश्रले पनि शपथ लिएका छन्।

राष्ट्रियसभा सदस्य १९ पदका लागि गत माघ १२ गते निर्वाचन भएको थियो। आज शपथ लिएका सदस्यहरुको कार्यकाल ६ वर्षको हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell