PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

रसियाद्वारा युक्रेनका दुई शहरमा अस्थायी युद्ध विरामको घोषणा



पहिलोपोस्ट

रसियाद्वारा युक्रेनका दुई शहरमा अस्थायी युद्ध विरामको घोषणा
Photo : Reuters/Ukrainian military handout

रसियाले पूर्वी युक्रेनका दुई विदोही क्षेत्रलाई ‘स्वतन्त्र राज्य’ को मान्यता दिएसँगै सुरु भएको युद्ध आज १० औं दिन प्रवेश गरेको छ। रसियाली सेनाले युक्रेनका विभिन्न शहरुहरुमा नियन्त्रण जमाएका छन्। राजधानी कीभ लगायतका शहरमा पनि रसियाली सेनाको उपस्थिति छ। कीभसँगै विभिन्न शहरमा अहिले युद्ध जारी छ।

यसबिच रसियाको रक्षा मन्त्रालयले युक्रेनका दुई शहरमा अस्थायी युद्ध विरामको घोषणा गरेको छ। मरिओपो र भोल्नोभाखामा मानवीय सहयोगद्वार खुल्ला हुने गरी युद्ध विराम घोषणा गरिएको बीबीसीले उल्लेख गरेको छ।

युद्धग्रस्त दुई शहरमा फसेका मानिसहरुलाई निस्कन सहज हुने गरी युक्रेनी अधिकारीहरुसँग सहमति भएको रसियाले जनाएको छ। युक्रेनले पनि युद्ध विरामको पुष्टि गरेको छ।

युद्धका कारण हालसम्म १२ लाखभन्दा बढीले युक्रेन छाडिसकेका छन्। अझै लाखौं मानिस युक्रेन छाड‍्ने तयारीमा रहेको बताइन्छ।  पलायन हुनेहरु धेरैजसो पोल्यान्ड पुगेका छन्।  यस्तै, हंगेरी, माल्डोभा, स्लोभाकिया, रोमानियामा पनि धेरै संख्यामा मानिसहरु शरण लिन पुगेका छन्। युद्धका कारण ४० लाखले युक्रेन छाड्ने सक्ने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell